काठमाडौं । स्पेनिस ला लिगामा आइतबार राति बार्सिलोनाले भिलारियलविरुद्ध खेल्दै छ । पछिल्ला खेलहरुले कमजोर देखाएको बार्सिलोनालाई उत्कृष्ट लयमा फर्कन जित मात्रै होइन सुधारिएको खेल देखाउने दबाव छ ।
प्रशिक्षक एर्नेस्टो भालभर्दे बार्सिलोनामा आफ्नो चार सयौँ खेलमा भिलारियलविरुद्ध योजना बनाउँदै छन् । ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा रहेको बार्सिलोनाका लागि शीर्षमा पुग्न मात्रै होइन अरु महत्वपूर्ण खेलमा दबाव कम गर्न पनि भिलारियलविरुद्ध जित आवश्यक छ ।
यस्तोमा मिडफिल्ड उत्कृष्ट देखिएका आर्थर मेलो र स्ट्राइकर लुइस स्वारेजसँगै राफिन्हा, सर्जि रोबर्टो, उमटिटी, भर्माइलिन जस्ता खेलाडी घाइते रहेकाले दबाव बढेको छ ।
भिलारियलसँग गएको १८ खेलमा बार्सिलोना अपराजित रहेको छ । जसमा १३ खेल जितेको छ भने पाँच खेल बराबरी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4