Comments Add Comment

प्रधानन्यायाधीश सिफारिस चोलेन्द्र भन्छन्-वामपन्थीलाई निराश बनाउने छैन

२८ मंसिर, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा साना किसानहरुको ऋण मिनाहा र नेपालमा एक सयभन्दा माथिका भारु नोट प्रतिवन्ध लगाइएका समाचारहरुले प्राथमिकता पाएका छन् । त्यससँगै प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सिफारिस गरिएको र आजबाट सुरु हुन लागेको कांग्रेस महासमिति बैठकसँग सम्बन्धित समाचारले पनि फ्रन्टपेजमा स्थान पाएका छन् ।

नयाँ पत्रिका दैनिकले प्रधान्यायाधीशमा निर्विकल्प सिफारिस चोलेन्द्र शमशेर जबरासँग गरिएको कुराकानीको अंश छापेको छ । त्यसमा चोलेन्द्र न्यायाधीश हुँदा वामपन्थी सांसदले उनको विपक्षमा मत हालेका थिए, अब प्रधानन्यायाधीशमा के गर्लान् ? भन्ने प्रश्न उठाइएको छ । त्यसको जवाफमा चोलेन्द्रले भनेका छन्- अब हिजोको जस्तो अवस्था आउने छैन, उहाँहरुलाई म निराश बनाउने छैन ।

यो पनि पढ्नुहोस ‘बर्थ डे’कै दिन वीरसमशेरका पनातिलाई सर्वोच्चको साँचो

कान्तिपुर दैनिकले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको विषयलाई मुख्य समाचार बनाएको छ । साथै विराट मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीहरुबाट चर्को शुल्क असुलिरहेको समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ । समाचारमा लेखिएअनुसार विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाख रुपैयाँभन्दा बढी असुल्ने गरेको छ ।

आज प्रकाशित अधिकांश पत्रिकाहरुले राजधानीका विषयबस्तुलाई पहिलो पृष्ठमा स्थान दिएको बेला अन्नपूर्ण पोष्ट दैनिकले भने जाजरकोट जिल्लाको समाचारलाई मुख्य प्राथमिकता दिएको छ । अन्नपूर्ण पोष्टको समाचारमा लेखिएअनुसार जाजरकोटमा ७४ प्रतिशत बालविवाह हुने गरेको छ । जाजरकोटमा जम्मा ६७ हजार ३३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ हजार ८६२ छ । एक सय ६५ जनाले त १० वर्षमै बिहे गरेको तथ्यांक समाचारमा छ ।

नागरिक दैनिकले सडक लगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंकबाट लिने गरिएको ऋणमा अनेक सर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको विषयलाई प्रमुख हेडलाइन बनाएको छ । एक्जिम बैंकले ऋणसँगै ७५ प्रतिशत निर्माण सामाग्री भारतबाटै खरिद गर्नुपर्ने सर्त राख्ने गरेको छ । यसो गर्दा ऋण जति नेपाललाई, पैसा जति भारतमै जाने गरेको समाचारको सार छ ।

सरकारले संसद छलेर धमाधम अध्यादेश ल्याइरहेको विषय राजधानी दैनिकको मुख्य समाचार बनेको छ । हालै कर्मचारी समायोजन अध्यादेश ल्याएको सरकारले अब प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा बनेको अध्यादेश ल्याउने तयारी गरेको समाचारमा उल्लेख छ । राजधानी दैनिकमै तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी एकीकरणपछि एउटै पार्टी बने पनि उनीहरुका संसदीय कार्यालय भने दुई छुट्टाछुट्टै स्थानबाट सञ्चालन भइरहेको समाचार छ ।

यसैगरी १० औं वर्ष प्रवेश गरेको अवसरमा विशेषांक प्रकाशित भएको कारोबार दैनिकमा ‘११ महिनामै १० लाख पर्यटक’ शीर्षकको मुख्य समाचार छ ।

नेपाल समाचार पत्र दैनिकले आजबाट सुरु हुन लागेको कांग्रेस महासमिति बैठकको विषयलाई मुख्य समाचार बनाएको छ ।

हेर्नुहोस् आज प्रकाशित पत्रिकाका फ्रन्ट पेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment