Comments Add Comment

अभिभावकलाई खतराको घण्टीः मोबाइल र कम्प्युटरले बिगार्न सक्छ बालमस्तिष्क

तपाईंका बालबच्चा के गर्दा धेरै खुसी हुन्छन् ? जबाफको लागि तपाईं सायद धेरै घोत्लिनुहुन्न । झटपट जवाफ दिनुहुनेछ, ‘अँ, मोवाइल खेल्न पाउँदा ।’

जब-जब बच्चाले तपाईंलाई दिक्क लगाउँछ, झगडा गर्छ, वा कामधन्दामा बाधा गर्छ, तपाईं आफ्नो स्मार्टफोन उसलाई थमाइदिनुहुन्छ । बच्चा दंग हुन्छन् । सोफा वा ओछ्यानमा ढल्किएर त्यसमै रमाउन थाल्छन् । तपाईं ठान्नुहुन्छ, ‘कति मज्जाको यन्त्र, बच्चालाई फुल्याउन कति सजिलो ?’

कुनैबेला बच्चाले खाना खान मान्दैन । तपाईं मोबाइल देखाएर लोभ्याउनुहुन्छ । अरुची भए पनि मोबाइल हेरेको सुरमा बच्चाले कपाकप खाना खाइदिन्छन् ।

कुनैबेला बच्चा होमवर्क गर्न अल्छी गर्छन् । तपाईं भन्नुहुन्छ, ‘ल, फटाफट होमवर्क गर्‍यौं भने मोबाइल खेलाउन पाउँछौ ।’ बच्चा हतार-हतार होमवर्क सिध्याउँछ ।

बच्चालाई फकाउन, फुल्याउन, भुलाउन, खुसी बनाउन, रमाउन सबैको लागि सजिलो माध्याम भएको छ, मोबाइल । मोबाइल पाएपछि बच्चा गेम खेल्छन्, भिडियो हेर्छन् । किनभने त्यही हत्केलाभरको मोबाइलमा उनीहरुले खोजेजस्तो अनेकन सामग्री भेटिन्छन् । तर, यसमा रमाइलो मात्र होइन, हिंस्रक र यौनजन्य सामग्री पनि छ्याप्छ्याप्ती हुन्छन् । कतिले गेम खेल्छन्, कति भिडियोमा रमाउँछन् । उनीहरु मोबाइलमै घण्टौ बिताइदिन्छन् ।

तर, हामीलाई थाहा छैन, मोबाइलले बच्चाको दिर्घकालिन स्वास्थ्यमा कस्तो दूष्प्रभाव पार्छ । मस्तिष्कको विकासमा कसरी असर गर्छ ?

मोबाइल कि हतियार ?

झ्टट देख्दा मोबाइल एक बहुउपयोगी जिनिस । कुराकानी गर्न, फेसबुक चलाउन, म्यासेज गर्न, भिडियो हेर्न, फोटो खिच्न सबैमा काम आउने । बैंकिङ कारोबारदेखि स्वास्थ्य-स्थिती जाँच्न यही उपकरण काफी छ । तर, यसको सदुपयोगभन्दा बढी दुरुपयोग हुने गरेको छ । त्यही दुरुपयोगको कारण मोबाइल उपयोगी उपकरणभन्दा घातक हतियारजस्तो बन्दै गएको छ । खासगरी बालबालिका र किशोरपुस्ताको हकमा ।

विज्ञहरु भन्छन्, ‘स्मार्टफोनको बढी प्रयोग केवल आँखाको लागि होइन, मस्तिष्कका लागि पनि घातक छ । सानो बालबच्चाको मस्तिष्कमा यसको असर वयस्कलाई भन्दा बढी हुने गर्छ ।’

चिकित्सकका अनुसार स्मार्टफोन, ल्यापटप, कम्प्युटर, भिडियो गेममा लामो समय बिताउने बच्चाको कार्टेक्स (मस्तिष्कको बाहिरी पत्र) समयभन्दा अगावै पातलो हुनसक्छ ।

हार्ट केयर फाउन्डेसन (एचसीएफआई) का अध्यक्ष डा. के. के. अग्रवाल भन्छन्, ‘पहिलो ६ बर्षमा एक बच्चाको मस्तिष्क तिब्र रुपमा विकास भइरहेको हुन्छ । यस अवधीमा उनीहरुलाई निस्त्रिmय होइन रचनात्मक स्टिमुलेशनको आवश्यकता हुन्छ । स्त्रिmन कन्टेन्टले बच्चालाई निस्क्रिय बनाउँछ ।’

एक पटकमा दश मिनेटभन्दा बढी एक्सपोजरले मस्तिष्कको विकासलाई प्रभावित बनाउन सक्छ । अहिले स्त्रिmनको समय बृद्धि भएको छ, खासगरी बच्चाको हकमा । हुन त बच्चालाई मोबाइल देखाउँदै खाना ख्वाउन सजिलो हुन्छ, तर यसले उनीहरुको स्वास्थ्यलाई दीर्घकालिन असर गर्छ । खाना खाइरहँदा बच्चालाई मोबाइल दिनु हुँदैन ।

ग्याजेट्सको माध्यमबाट अलग-अलग स्ट्रीमद्वारा प्राप्त जानकारीले मस्तिष्कको ग्रे-म्याटरको घनत्व कम गर्छ, जो संज्ञान र भावनात्मक नियन्त्रणको लागि जिम्मेवार हुन्छ ।

यसरी बच्चालाई मोबाइल दिनु, टिभी हेराउनुभन्दा बाहिरको गतिविधिमा सक्रिय राख्न जरुरी छ । अहिलेको डिजिटल युगमा बच्चालाई यस्ता ग्याजेट्सबाट पूर्ण वञ्चित गर्न त सकिदैन । यद्यपि, यसका लागि उनीहरुलाई निश्चित समय छुटाइदिनुपर्छ । निश्चित अवधिका लागि ग्याजेट्स चलाउन दिनुपर्छ । अन्य समय भने बाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment