Comments Add Comment

पूर्वी चितवनको भण्डारा र जुटपानीमा १५ शय्याको अस्पताल बन्ने

६ पुस, चितवन । प्रदेश सरकारले चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ ।

चितवनको राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्य चौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने भएको हो ।

यी दुई संस्थालाई स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृत प्रदान गरिसकेको प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।
अस्पताल सञ्चालनका लागि उपकरण खरिद गर्न सरकारले रकमसमेत छुट्याएको मन्त्री लामाले बताए ।

राप्ती नगरपालिकामा ६ वटा सरकारी स्वास्थ्य संस्था भएपनि डाक्टरको दरबन्दी भने छैन ।

अस्पताल सञ्चालन भएपछि डाक्टरको सेवा सुरु हुने र जटिल किसिमका बिरामीलाई राहत मिल्ने राप्ती नगरपालिकाकी मेयर प्रभा वरालको दावी छ ।
यहाँका स्थानीयलाई जटिल खालको स्वास्थ्य समस्या आइपरे सदरमुकाम भरतपुर धाउनु पर्ने वाध्यता छ ।
भण्डारा स्वास्थ्य चौकीबाट तत्काललाई अस्पतालको सेवा सञ्चालन हुने मेयर वरालले बताइन् । निर्माणाधीन वडा कार्यालयको भवनमा पछि अस्पताल सञ्चालन हुनेछ ।
मेयर बरालका अनुसार अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले एक करोड र नगरपालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ ।

भण्डारा र जुटपानीले माघको पहिलो साता देखिनै अस्पतालको सेवा सञ्चालन गर्ने तयारी गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीमा यसअघिनै डाक्टरको दरवन्दी रहेपनि अस्पतालको मान्यता पाएपछि यहाँका स्थानीय खुसी भएको कालिका नगरपालिका ६ का वडाध्यक्ष विनोद रेग्मीले वताए ।

प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीलाई भने प्रदेश सरकारले यस वर्ष ५० लाख रुपैयाँ छुट्याएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment