Comments Add Comment

सहसचिवको जेष्ठता सूची सार्वजनिक, पहिलो नम्बरमा चुडामणि (नामावलीसहित)

१० पुस, काठमाडौं । कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सुरुमा प्रशासन सेवातर्फका सहसचिवहरुको नामावली सार्वजनिक गरेको हो ।

२२५ जनाको नामावलीको पहिलो नम्बरमा चुडामणि शर्मा छन् । तत्कालिन कर फर्छ्यौट आयोगको सदस्यसचिव रहेका शर्मामाथि भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले छानबिन गरेका शर्मा अतिरिक्त समूहमा छन् ।

शर्मापछि दोस्रो नम्बरमा रामप्रसाद थपलिया, तेस्रो नम्बरमा वीरेन्द्रकुमार यादव, चौथो नम्बरमा दीपक सुवेदी र पाँचौं नम्बरमा चन्द्रमान श्रेष्ठ छन् । २२५ औं नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत जुम्लाका गोगनबहादुर हमाल छन् ।

सरकारले कर्मचारीहरुको समायोजनको मुख्य आधार जेष्ठतालाई मानेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सुरुमा सहसचिवस्तरका कर्मचारीहरुको सूची सार्वजनिक गरिएको र अन्य पदका कर्मचारीहरुको पनि क्रमशः सूची सार्वजनिक गर्दै जाने बताए ।

हेर्नुहोस् नामावली

समायोजनका लागि निवेदन आह्वानको तयारी

अधिकारीका अनुसार कर्मचारी समायोजनका लागि निवेदन आह्वान गर्ने अन्तिम तयारी पनि भइरहेको छ । अधिकारीले भने, ‘कर्मचारी समायोजन प्रक्रिया अगाडि बढिसकेको छ । अब छिट्टै, सायद एक–दुई दिनमा निवेदन आह्वान गर्छौं ।’

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन समायोजन अध्यादेश गत मंसिर २३ गते जारी गरेको थियो । अध्यादेश जारी भएको ६ महिनाभित्र संसदबाट पारित गर्नुपर्छ । ६ महिनाभित्र पारित नभए अध्यादेश निष्कृय हुन्छ ।

अध्यादेशमाथि बुधबारबाट सुरु हुने हिउँदे अधिवेशनमा छलफल गर्ने तयारी छ । त्यसका लागि सोमबार संसद सचिवालयमा अध्यादेश दर्ता गरिएको छ ।

अध्यादेशले कर्मचारीहरुको वृत्तिविकासमा बाधा पुग्ने भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment