+
+
Shares

यो हो मुसाको मासु बिक्री हुने अनौठो बजार

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते ११:४४

भारतको उत्तर–पूर्वी क्षेत्रमा पछिल्लो समयमा एउटा नयाँ परिकार निकै लोकप्रिय बनिरहेको छ । यस्तो परिकार जुन भोजन गर्नका लागि सायद धेरैजना तयार नहोलान् ।

भारतको असमस्थित बक्सा जिल्लामा रहेको कुमारिकता गाउँमा मानिसहरु खेतीपाती गरेर जीविका चलाउँदछन् । आफ्नो खेतीबाली रातमा मुसाले खाएर सखाप पार्ने भएपछि किसानहरु हैरान भए । त्यसपछि किसानहरुले नयाँ उपाय निकाले । अनि रातमा समयमा मुसाको सिकार गर्ने फैसला गरे ।

त्यसरी समाइएका मुसाको मासुलाई उनीहरुले बजारमा बेच्न लैजान थाले । त्यहाँ हरेक आइतबार एउटा हाटबजार लाग्छ, जहाँ मुसाको मासु बेचिन्छ । पछिल्लो समयमा मुसाको मासुको माग बढिरहेको छ । मुसाको मासु किन्नका लागि ग्राहकहरु निकै लालायित हुने गर्दछन् । स्थानीय मानिसहरुका लागि मुसाको मासु एउटा पारम्परिक भोजन बन्न थालेको छ ।

स्थानीय हाटबजारमा मुसाको मासु प्रतिकिलो २ सय भारु सम्ममा बिक्ने गरेको छ ।

किसानहरुले रातमा १० देखि २० किलोसम्म मुसा समाउने गरेका छन् र त्यसरी समाएको मुसाको मासु बेचेर जीविका चलाउन थालेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?