Comments Add Comment

६६ स्थानीय तहमा एकीकृत फोहोर व्यवस्थापन परियोजनाको अध्ययन हुँदै

१८ पुस, काठमाडौं । सरकारले वैज्ञानिक फोहोर व्यवस्थापनालाई प्रारम्भिक अध्ययन थालेको छ । त्यसका लागि लगानी बोर्डले मुलुकभरका स्थानीय तहसँग तथ्याकं माग गरेको हो ।

वर्षौंदेखिको काठमाडौं उपत्यकाकै एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अघि बढ्न नसकिरहेकाले लगानी बोर्डले अन्य महानगरपालिका र नगरपालिकाहरुमा पनि सम्भाव्य अध्ययन गर्न थालेको छ ।

एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको सम्भाव्यता बुझ्नका लागि सघाइदिन बोर्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

बोर्डको आग्रह अनुसार मन्त्रालयले मुलुकभरका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी ६६ स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

स्थानीय तहबाट विवरण आएपछि अध्ययन थाल्ने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लले अनलाइनखबरलाई जानकारी दिए ।
‘पहिले हामी सामान्य अध्ययन गर्छौं, कुन कुन ठाउँमा सम्भव देखिन्छ त्यसै अनुसार थप निर्णय लिन्छौं’, उनले भने ।

उनका अनुसार ६६ स्थानीय तहलाई १३ वटामा क्षेत्रमा विभाजन गरी एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि अध्ययन गरिनेछ ।

बोर्डले जनकपुरधाम क्षेत्र अन्तर्गत जनकपुर उपमहानगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, जलेश्वर नगरपालिका, बर्दिबास नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकालाई राखेको छ ।

विरगन्ज क्षेत्र अन्तर्गत विरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, कलैया उपमहनागरपालिका र निजगढ नगरपालिकालाई समेटिएको छ ।

परियोजनाको सम्भाव्य अध्ययनका लागि हेटौंडा उपमहानगरपलिका क्षेत्र अन्तर्गतमकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकालाई राखिएको छ ।

भरतपुर क्षेत्र अन्तर्गत भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, र राप्ती नगरपालिका र माडी नगरपालिकालाई राखिएको प्रवक्ता वाग्लेले जानकारी दिए ।

उनका अनुसार बुटवल क्षेत्र अन्तर्गतमा बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिका, तिलोत्तमा नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, र बाणगंगा नगरपालिकासहित अध्ययन हुनेछ ।

नेपालगन्ज क्षेत्र अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका तथा सुर्खेत क्षेत्रमा वीरेन्ऽनगर नगरपालिका, लेकवेशी नगरपालिकालाई समेटिएको छ ।

विराटनगर क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका, ईटहरी उपमहानगरपालिका, उर्लावारी नगरपालिका, ईनरुवा नगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, बेलवारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र दमक नगरपालिकालाई समेटिएको छ ।

पोखरा क्षेत्र अन्तर्गत पोखरा महानगरपालिका, व्यास नगरपालिका र शुक्लगण्डकी नगरपालिकालाई राखिएको छ भने धुलिखेल क्षेत्र अन्तर्गतमा धुलिखेल नगरपालिका, पनौती नगरपालिका, बनेपा नगरपालिका, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकासहितको अध्ययन गरिनेछ ।

दाङ क्षेत्र अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिका रहेका बोर्डले जानकारी दिएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकासहित एकीकृत फोहोर व्यवस्थापन परियोजनाको सम्भाव्य अध्ययन हुने प्रवक्त वाग्लेले जानकारी दिए ।

स्थानीयतहरुमा क्षेत्रगत सम्भाव्य मुल्याकंन गरिएपनि तत्काल कुनै परियोजना अघि बढाउने योजना भने छैन ।
लगानी बोर्ड स्रोतका अनुसार चैतमा हुने भनिएको ‘नेपाली लगानी सम्मेलन’लाई लक्षित गर्दै स्थानीय तहहरुसाग तथ्याकं माग गरिएको हो ।

‘लगानी सम्मेलनमा एकीकृत फोहोर व्यवस्थापन परियोजनामा पनि लगानीकर्ता इच्छुक हुन सक्छन्, अध्ययन प्रतिवेदन भइराख्यो भने हामीले लगानी क्षेत्रको देखाउन पनि सहज हुन्छ’, स्रोतले भन्यो ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित १८ नगरपालिकालाई समेटेर ९ वर्षअघि यस्तै एकीकृत व्यवस्थापन परियोजना अघि बढाइएको थियो । तर, हालसम्म उपलब्धि भने शून्य छ ।

यो पनि पढ्नुहोस वैज्ञानिक फोहोर व्यवस्थापन परियोजनामा महानगरकै असहयोग यो पनि पढ्नुहोस बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा सहरी विकास मन्त्रालयलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment