Comments Add Comment

के निरुता उत्तमसँग काम गर्न चाहन्नन् ?

पछिल्ला विकसित केही घटनाक्रमलाई हेर्ने हो भने नायिका निरुता सिंहले आफ्ना पुराना सहकर्मी कलाकार उत्तम प्रधानसँग काम गर्न नचाहेको देखिएको छ । उत्तम र निरुतलाई चलचित्रमा एकसाथ देखाउने निर्देशकको चाहना बारम्बार असफल भएको छ । चलचित्र ‘नाई नभन्नु ल ५’मा निरुता र दिलिप रायमाझी एकसाथ देखिएका थिए ।

निरुताले नायक उत्तम प्रधानसँग चलचित्र ‘दर्पणछाया, लहना’मा काम गरेकी थिइन् । यो जोडी सर्वाधिक हिट पनि भयो । लामो समयपछि यो जोडीलाई चलचित्र ‘दर्पण छाया २’मा देखाउने चाहना निर्देशक तुलसी घिमिरेले राखेका थिए । तर, सिक्किममा छायांकन भएपनि यो चलचित्रमा उत्तम प्रधान मात्र देखिए, निरुताले खेल्न मानिन् ।

यसपछि चलचित्र ‘लभ स्टेशन’मा नायिका निरुता सिंह र नायक उत्तम प्रधानलाई एकसाथ पर्दामा देखाउने चाहना निर्देशक उज्ज्वल घिमिरेले राखेका थिए । तर, निरुताले अन्तिममा चलचित्रबाट हात झिकिन् ।

यस्तै, चलचित्र ‘हजार जुनी सम्म’मा निरुता फाइनल भैसकेकी थिइन् । निरुता र उत्तमको जोडीलाई पर्दामा देखाउने चाहना निर्देशक विकासराज आचार्यले लिएका थिए । तर, यसपटक पनि यो कुरा निरुताको कारण संभव हुन सकेन ।
यसरी हेर्दा कतै निरुता उत्तमसँग पर्दा शेयर गर्ने मुडमा नभएकी त होइनन् भन्ने प्रश्न उठेको छ ? आशा गरौ, यसको जवाफ चाडै नै निरुताले दिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment