+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै ४० करोडको कारोवार

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १ गते १५:४९

१ माघ, काठमाडाैं । मंगलबार पनि सेयरको मूल्य दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक मंगलबार पनि तीन दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

मंगलबार कूल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भएको छ । नेप्सेका अनुसार मंगलबार कारोवार भएका ११ उपसमूहको सेयरमा बढोत्तरी देखिएको छ ।

बैंकिङ पाँच दशमलव ०४, व्यापार दुई दशमलव ८७, होटल छ दशमलव पाँच, विकास बैंक १६ दशमलव ७५, जलविद्युत् ५२ दशमलव ७७, वित्त शून्य दशमलव ८९, निर्जीवन बीमा २३२ दशमलव ९२, उत्पादन दुई दशमलव ६५, अन्य ११ दशमलव ५५, माइक्रोफाइनान्स ५३ दशमलव ५४ र जीवन बीमा १९७ विन्दुले वृद्धि भएको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, गरिमा विकास लघुवित्त वित्तीय संस्था, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, अरुण कोवेली पावर, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी नाफा कमाएका छन् ।

सिद्धार्थ इक्विटी फण्ड, गण्डकी विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट, गुर्खाज फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?