Comments Add Comment

सिमरा गोल्डकपको उपाधि थ्रीस्टारलाई

१२ माघ, सिमरा । त्रिभुवन आर्मीलाई स्तब्ध पार्दै थ्रीस्टार क्लबले रुस्लान दशौं सिमरा गोल्डकपको उपाधि उचालेको छ ।

सिमरा रंगशालामा शनिबार भएको रोमाञ्चक भिडन्तमा साविकको विजेता आर्मीलाई सडनडेथमा पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । उसका लागि रञ्जन बिष्टले निर्णायक गोल गरे ।

त्यसअघि आर्मीका सुमन अर्यालको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए ।

थ्रीस्टारका फोफना फोडे, सुशील राईले गोल गर्दा दिनेश राजवंशीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले रोकेका थिए । आर्मीका विकेश तामाङ र विकास खवासले गोल गर्दा दिपक गुरुङको प्रहार थ्रीस्टारका गोलरक्षकले रोकेका थिए ।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुबै टिमले ४-४ को बराबरी खेलेपछि निर्णय सडन डेथबाट लिइयो ।

थ्रीस्टारले ट्रफिसहित ६ लाख नगद हात पारेको छ । उपविजेता आर्मीले तीन लाखमा चित्त बुझाएको छ ।

विधागत उत्कृष्ट खेलाडी

सर्वोत्कृष्ट खेलाडीः सुशील राई, थ्रीस्टार
उत्कृष्ट गोलरक्षकः एलन न्यौपाने, थ्रीस्टार
उत्कृष्ट डिफेन्सः अडामा डाम्बिया, थ्रीस्टार
उत्कृष्ट फरवार्डः टंक बस्नेत, आर्मी
उत्कृष्ट मिडफिल्डर: सन्तोष तामाङ, आर्मी
उत्कृष्ट प्रशिक्षक: मेघराज केसी, थ्रीस्टार
प्रतिभावान खेलाडी: निकेश थापा, नवजनजागृती यूवा क्लब सिमरा

सर्वोत्कृष्ट खेलाडी बनेका सुशीलले मोटरसाइकल पुरस्कार पाएका छन् भने विधागततर्फ उत्कृष्ट हुनेले २०/२० हजार पाए । प्रतिभावान खेलाडी बनेका थापाले १५ हजार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment