+
+
Shares

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा टेबुल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १३ गते १४:३८

१३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट बहुमतले पारित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा टेबुल हुँदैछ ।

विधेयक राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाको सन्देशसहित टेबुल गर्न लागिएको कार्यसूची सार्वजनिक भएको छ ।

सरकारले आफुसँग गरेको सम्झौता विपरीत विधेयक ल्याएको भन्दै डा. गोविन्द केसी १९ दिनदेखि अनसनरत छन् ।
सोमबार विहान ११ बजे बोलाइएको राष्ट्रियसभामा बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिकमन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फछ्र्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकबारेको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?