+
+

जब सांसदले नै संसदीय समिति बैठक लाइभ गरे

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १३ गते १५:३१

१३ माघ, काठमाडौं । आइतबार संसदको राज्य ब्यवस्था समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल भइरहँदा सांसद प्रमोद शाहले मोबाइलबाट फेसबुकमार्फत लाइभ गरिरहेका थिए । त्यसबेला यसअघि कति विदेशीले नागरिकता प्राप्त गरे भन्ने विषयमा छलफल भइरहेको थियो ।

सांसद शाहले लाइभ गरिरहेको देखेपछि संगै रहेका अर्का सांसद झपट रावलले समितिमा भएका छलफल सांसदले लाइभ गर्न पाइन्छ भन्दै लाइभ भइरहेको मोबाइल देखाइदिए । ‘यहाँ सांसदबाट नै लाइभ भइरहेको छ । यसो गर्न पाइन्छ ?’ रावलले सोधे ।

लगत्तै लाइभ गर्न नपाइने जानकारी गराउँदै अबदेखि नगर्न सभापति शशी श्रेष्ठले रुलिङ गरिन् । उनले भनिन् ‘तपाईं माननीयबाटै यस्तो गर्न पाइदैन ।’

लाइभ गरिरहेका शाहले प्रतिप्रश्न गरे, मिडियाले गरिरहेको छ, मैले किन नपाउने ?’ त्यसपछि सभापति श्रेष्ठले कडा स्वरमा भनिन्, ‘मिडियाको काम मिडियाले गर्छ । तपाईंले होइन ।’

एकछिन हाँसो चल्यो र सांसद शाहले लाइभ बन्द गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?