
२० माघ, विराटनगर । प्रदेशसभा १ को हिउँदे अधिवेशन आइतबार सुरु भएको छ । पहिलो बैठकमा प्रदेश सांसदहरुले दलीय सहकार्यमा जोड दिँदै धारणा राखेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले अहिले संघीयता कागजको डुंगाजस्तो भएको भन्दै कुनै पनि समय दुर्घटनामा पर्न सक्ने दाबी गरे ।
उनले प्रदेश सरकारसँग नीति निर्माणदेखि विकास समृद्धिको बाटोमा सहकार्य गर्ने तर मतियारजस्तो बन्न नसक्ने बताए । कोइरालाले प्रदेश सरकारले समयमा बजेट कार्यान्वय नगर्दा प्रतिपक्षसमेत बदनाम हुने अवस्थामा पुगेको जिकिर गरे ।
नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङले नयाँ अभ्यास, कर्मचारी समायोजनजस्ता समस्याले बजेट कार्यान्वयनमा ढिलाइ भएको दाबी गरे ।
संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले प्रदेश राजधानी र नामाङ्कनको विषय टुङ्गो लागाएर पछि मात्र विकास र समृद्धिको बाटोमा अगाडि बढन सकिने बताए । राष्ट्रिय प्रजातन्त्रपार्टी संसदीय दलका नेता इन्दिरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता विष्णु तुम्बहाम्फेले पनि सरकारले सोचे जस्तो काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
बर्षे अधिवेशन अन्त्य भएको तीन महिना २७ दिनपछि हिउँदे अधिवेशन सुरु भएको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको धर्ना
हिउँदे अधिवेशनको पहिलो दिन प्रदेशको नाम किरात लिम्बुवान वा खम्बुवान राख्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन भएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वको टोली धर्नामा बसेका थिए । कार्यक्रममा सो पार्टीका सुनसरी, झापा र मोरङका कार्यकर्ता बाक्लो संख्यामा उपस्थित थिए ।
नाम र राजधानीले प्रदेश सभामा प्रवेश पाउने
सभामुख प्रदिपकुमार भण्डारीले छिट्टै संसदीय समितिको सभापति चयन गरिने बताए । उनले नाम र राजधानी चयन पनि छिट्टै टुंग्याउने जानकारी दिए ।
।
सभामुख भण्डारीले एक बर्षको अवधिमा २३ वटा विधेयक पास भई कानुन निर्माण भएको र एउटा नियमावली निर्माण भएको जानकारी दिए ।
प्रतिक्रिया 4