Comments Add Comment

बाबु बन्दै आर्यन

बिहे गरेको करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्ने भएका छन् । आर्यनले प्रेमिका सपना भण्डारीसँग वि.सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । वुझिएअनुसार, आर्यन पत्नी सपनाले फागूणको अन्तिममा सन्तानलाई जन्म दिदैछिन् । नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि सिक्किममा छन् । चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेपछि आर्यन पत्नी सपनालाई पुरा समय दिने तयारीमा छन् ।

आर्यन र सपनाले करिब ४ बर्ष डेट गरेका थिए । यसपछि, उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । बिहे अघि सपना आर्यनकी फ्यान थिइन् । फ्यानपछि प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब सन्तानलाई जन्म दिने तयारी गरेकी हुन् ।

आर्यन र सपनालाई अनलाइनखबरको तर्फबाट वधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment