+
+

गगन थापालाई नेबिसंघले कालो झण्डा देखायो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २१ गते १७:३१

२१ माघ, पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् ।

कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् ।

नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि संघका विद्यार्थीले उनलाई कालो झण्डा देखाएका हुन् ।

नेपाल विद्यार्थी संघका विद्यार्थी विकास थापाको समूहले गगनको विरोध गर्दै कालो झन्डा देखाएको थियो । विकास नेपाल विद्यार्थी संघको एउटा समूका अध्यक्ष हुन् । कास्कीमा दुई समूह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?