Comments Add Comment

फ्याटी लिभर कसरी क्यान्सरको कारण बन्नसक्छ ?

तपाईं मदिरा पिउनुहुन्छ । माछामासुको सौखिन हुनुहुन्छ । तारेको-भुटेको खानेकुरामा लोभ गर्नुहुन्छ । तर, निस्क्रिय बस्नुहुन्छ । त्यसो हो भने संशय गर्न सकिन्छ, तपाईंको कलेजोमा बोसो जमेको हुनसक्छ ।

कलेजोमा बोसो जम्नु जसलाई चलनचल्तीमा ‘फ्याटी लिभर’ भनिन्छ, आधुनिक जीवनशैलीमा धेरैको निम्ति टाउको दुखाईको विषय हो । फ्याटी लिभर हुनु भनेको कलेजोमा बोसो जम्नु हो । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ ।

तपाईं/हामीलाई थाहा भएकै कुरा हो, कलेजोले भोजनमा भएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदिलाई अलग-अलग गर्छ । अनि शरीरको आवश्यक्ता अनुसार शरीरको भिन्न-भिन्नै ठाउँमा पुर्‍याउँछ ।

यसले केही पोषकतत्व भण्डारण पनि छ । जब शरीरलाई तुरुन्त उर्जाको आवश्यक्ता हुन्छ, त्यसबेला यसको काम आउँछ । यदि कलेजोमा कुनै समस्या आयो भने भोजनबाट लियएको पोषक तत्व शरीरको सबै अंगले ठिकसँग प्राप्त गर्न सक्दैन ।

फ्याटी लिभर यस्तै एक समस्या हो, जसले कलेजोलाई कमजोर बनाउँछ । त्यती मात्र होइन, यो क्यान्सरको कारण समेत बन्न सक्छ ।

जबकी खानपान र जीवनशैलीमा थोरै सचेत हुने हो भने, फ्याटी लिभरबाट बच्न सकिन्छ ।

फ्याटी लिभरमा खानपान

हालै गरिएको एक नयाँ अध्ययन अनुसार बालबालिकाको खानपानमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ ।  अन्यथा, फ्याटी लिभरको समस्या पछि गएर क्यान्सरको कारक बन्न सक्दछ ।

नयाँ अध्ययनले जनाए अनुसार गुलियो खाद्य पदार्थ तथा चिसो पेय पदार्थको सेवन कम गरेर पनि मोटोपना हुनबाट जोगिन सकिन्छ । आजकल वयस्क तथा बालबालिकामा मोटोपना समस्याको रुपमा देखिरहेको छ ।

अमेरिकाको एमरी युनिभर्सिटी स्कुल अफ मेडिसिनका शोधकर्ता मरियम वोसले १३ वर्ष उमेरका करिब ४० बालबालिकामा गरेको अध्ययनबाट यो कुरा पुष्टि भएको हो ।

जस अनुसार मरियमको टिमले बालबलिकाको एउटा समूहलाई एडेड शुगरयुक्त खाद्य पदार्थ परेज गर्न सुझाव दिएको थियो । आठ साता पश्चात्त यो समूहका बालबालिकामा लिभरको स्वास्थ्यमा उल्ल्लेख्य सुधार आएको पाएको थियो ।

चिकित्सकहरुका अनुसार फ्याटी लिभर दुई किसिमको हुन्छ । एक अल्कोहोलिक फ्याटी लिभर जसमा अल्कोहलको अत्याधिक सेवनले लिवर – कलेजो) सुन्निन थाल्छ र त्यसमा फ्याट -बोसो) जम्न थाल्छ ।

दोश्रो नन अल्कोहोलिक फ्याटी लिभर हो । जसमा अन्यको कारणले गर्दा लिभरमा फ्याट जम्मा हुने गर्छ । दुवै अवस्थामा फ्याटी लिभर जटिल मानिन्छ, जसले गर्दा यसबारे जान्न जो कसैका लागि आवश्यक छ ।

कसरी थाहा पाउने फ्याटी लिभर भएको ?

नन अल्कोहोलिक फ्याटी लिभरको सामान्यतया कुनै लक्षण हुँदैन । तर फ्याटी लिभर भएमा स्वास्थ्यमा यस्ता परिवर्तन देखिन्छ ।

-थकान

-पेटको दायाँ भागको माथिल्लो भागमा असहय पीडा हुने

-तौल कम हुनु

कसरी बच्ने त ?

-जीवनशैली सुधार्ने

-नियमित व्यायाम तथा योग गर्ने

-उचित समयमा चिकित्सकसित परामर्श गर्ने र उपचार सुरु गर्ने

फ्याटी लिभर

फ्याटी लिभर भएमा कलेजोमा बोसो जम्ने गर्छ । जसमा चिकित्सकीय भाषामा फ्याटी लिभर भनिन्छ । कलेजोमा ५ देखि दश प्रतिशत भन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ ।  जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको कुनै संकेत हुँदैन । यद्यपी, समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्त्याउँछ ।

नन अल्कोहोलिक फ्याटी लिभरको कारण

बद्लिदो जीवनशैली, गलत खानपान तथा व्यायामको कमीका कारण आजकल मानिसहरुमा मोटोपना, मधुमेह, उच्च कोलेस्ट्रोल लगायत विभिन्न समस्या हुने गरेको छ । यस्ता समस्या भएमा फ्याटी लिभर हुने गर्छ ।

अल्कोहल नलिने मानिसलाई पनि यो तीन समस्या भएमा फ्याटी लिभर हुने गर्छ । समयमै यसको उपचार नगरे लिभर सिरोसिस -कलेजो कडा हुने समस्या) भई लिभर विग्रन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment