 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ उपत्यकानजिकै पर्ने तारकेश्वर नगरपालिका–३ पाचमानेमा ‘वनजंगल एडभेञ्चर’ साहसिक पर्यटकीय गन्तव्य स्थापित भएको हो।
- सञ्चालक एलिसा ढकालले बताइन्, यहाँ जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल लगायत ३० रोपनीमा फैलिएको साहसिक गतिविधिहरू उपलब्ध छन्।
- आन्तरिक र बाह्य पर्यटकले प्रकृतिसँग नजिक रहँदै साहसिक अनुभव लिन सक्ने भएकाले सेवा प्रवर्द्धन भइरहेको छ।
३ असार, काठमाडौँ । काठमाडौँ उपत्यकानजिकै पर्ने तारकेश्वर नगरपालिका–३ पाचमाने साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजंगल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।
पछिल्लो समय साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । यससँगै काठमाडौँमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढा-टाढा जानुपर्ने बाध्यता हटेको छ ।
काठमाडौँकै रिङरोडभित्र बसोबास गर्नेका लागि साहसिक गन्तव्य काठमाडौँ रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमानेस्थित ‘वनजंगल एडभेञ्चर’ बनेको हो । यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सकिनेछ ।
आठ महिनादेखि काठमाडौँभित्र रहेका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिँदै आइएको वनजंगल एडभेञ्चरकी सञ्चालक एलिसा ढकालले बताइन् । काठमाडौँमा बसोबास गरिरहेकालाई प्रकृति र साहसिक पर्यटनप्रति रूचि बढाउन एडभेञ्चर सञ्चालन गरिएको धारणा उनको धारणा छ ।
काठमाडौँका मानिस यहाँ आउँदा समयको बचत र जंगलभित्र सबै एडभेञ्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको ढकालले जानकारी दिइन्।
उनका अनुसार ३० रोपनीमा फैलिएको वनजंगलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर्स कोर्ष, जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउनेछन् ।
साहसिक पर्यटनका लागि नेपालमा पहिलोपटक रोलर कोस्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिइन् । यसमा फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् ।
पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्छन् । एडभेञ्चरमा ११ टेन्ट र एक मौलिक घर रहेको छ । मौलिकताको जगेर्ना गर्दै वनजंगल एडभेञ्चरले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ । यहाँ शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीडभाड हुने गर्दछ ।
यहाँ भएका अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएको ढकालले जानकारी दिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4