+

डीपीएल क्रिकेट : दीपेन्द्रको अलराउन्डर प्रदर्शनमा अत्तरियाको जित

२०७५ फागुन  २ गते १२:४७ २०७५ फागुन २ गते १२:४७
डीपीएल क्रिकेट : दीपेन्द्रको अलराउन्डर प्रदर्शनमा अत्तरियाको जित

२ फागुन, काठमाडौं । सीवाईसी अतरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा पनि जित हात पारेको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो । अत्तरियाको यो लगातार दोस्रो जित हो । यता, रुपन्देहीको भने यो पहिलो हार हो ।

१२२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ८२ रन मात्रै बनायो । रुपन्देहीका लागि सुमित महर्जन २२ रनमा अविजित रहे । त्यस्तै, सन्दीप सुनारले १५, प्रदीप ऐरी र विक्रम सोबले समान १४-१४ रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए ।

बलिङतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी, सन्नी पटेल, भुवन कार्की र दीपेन्द्र रावतले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रन बनाए । उनले ५० बलमा १० चौका र एक छक्का प्रहार गरे ।

बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए ।

डीपीएल दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय