Comments Add Comment

‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता

चैत्र २२ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘लभ स्टेशन’मा समावेश ‘घाम जुन चाहिदैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा सुगम पोखरेल र रेश्मा पुनको आवाज छ भने दिपक शर्माको शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । भियतनामको रमणिय लोकेशनमा यो गीतको भिडियो खिचिएको छ ।

गीतको भिडियोको लोकेशन उत्कृष्ट छ । गीतको अडियो भने औषत मान्न सकिन्छ । भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रले प्रेमको एउटा स्टेशनको कथा भन्नेछ । चलचित्रमा नायक खड्का म्यूजिक क्षेत्रमा लागेको एक व्यक्तिको भूमिकामा देखिएका छन् ।

चलचित्र ‘लभ स्टेशन’मा गोविन्द शाही, कृषु शाही र कविरविक्रम शाहीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment