+

वुमन्स टी-२० क्वालिफायर : थाइल्यान्डसँग हार्‍यो नेपाल

२०७५ फागुन  ९ गते ११:५६ २०७५ फागुन ९ गते ११:५६
वुमन्स टी-२० क्वालिफायर : थाइल्यान्डसँग हार्‍यो नेपाल

९ फागुन, काठमाडौं । आईसीसी उमन्स टि-२० वर्ल्डकप एसिया रिजन क्वालिफायरमा नेपाल आयोजक थाइल्यान्डसँग पराजित भएको छ । पहिलो म्याचमा मलेसियाविरुद्ध सहज जित निकालेको नेपाल दोस्रो म्याचमा थाइल्यान्डसँग ५७ रनले हार्‍यो ।

पहिलो ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई एक सय २५ रनको चुनौती दिएको थियो । तर, नेपाली ब्याट्सवुमनहरु थाइल्यान्डको बलिङमा टिक्न सकेनन् ।

८ विकेटको क्षतिमा नेपालले ६७ रन मात्र जोड्न सक्यो । खराब सुरुवात गरेको नेपालले ८ रन जोड्न ३ विकेट गुमाइसकेको थियो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ४४ बलमा २९ रन बनाइन् । त्यसैगरी सीता रानामगरले ३४ बलमा १८ रन जोडिन् । अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ नेपालका कविता कुँवर र नेरी थापाले दुई-दुई विकेट लिएका थिए । रुविना क्षेत्री र करुणा भन्डारीले १-१ विकेट लिए । थाइल्यान्डका लागि मध्यक्रमका ब्याट्सउमनहरुले राम्रो प्रदर्शन गरे । सुथिरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय