Comments Add Comment

‘जानी नजानी’को ट्रेलरमा बोल्ड निरिषा, विन्दास मनिष

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ । लभ, विछोड, जिम्मेवारीको कथामा तयार भएको यो चलचित्रको ट्रेलर कलरफूल छ । चलचित्रको ट्रेलरले यूवापुस्तालाई आकर्षित गर्ने देखिन्छ ।
रोशनी केसीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्न्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको मुख्य भूमिका छ । चलचित्रको कथा मनिष र रोशनीको वरिपरी घुमेको देख्न सकिन्छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन छ । सामिप्यराज तिमिल्सिनाले लेखेको कथा, पटकथा तथा संवादले दर्शकको ध्यान खिच्न सक्नेछ । चलचित्रमा सागरकाजी माली, मोदनाथ खनालको लगानी छ ।अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा जिम्मेवारीबाट पन्छिएको एक धनाढ्य बाबुको छोरालाई यूवतीले कसरी जिम्मेवारी बहन गर्न सिकाउँछिन् भन्ने देखाइएको छ ।

चलचित्र ‘जानी नजानी’को ट्रेलरमा नायक मनिष श्रेष्ठको लुक्स र अभिनय तारिफयोग्य छ । नव–नायिका निरिषा बस्नेतले संभावना देखाएकी छिन् । निर्मात्री रोशनी केसीले आफूहरुले एउटा मन छुने प्रेमकथामा उत्कृष्ट चलचित्र बनाएको बताइन् । चलचित्रको ‘एउटीलाई मुटुमा घर’ बोलको गीतले चर्चा पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment