+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
ताप्लेजुङ दुर्घटना प्रकरण :

डोरीको सहयोगमा ४ वटा शव निकालियो

भोलि बिहान मात्रै शव ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते १७:४५
Photo Credit : नेपाल प्रहरी

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव घटनास्थलबाट निकाल्न कठिनाइ भएको छ ।

नेपाली सेनाका अनुसार खराब मौसमका कारण शव निकाल्न कठिनाइ भएको हो । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हालसम्म हेलिकोप्टरले ल्याण्ड गर्न सकेको छैन ।

हाल सेनाको एमआई १७ र अर्को हेलिकोप्टर ताप्लेजुङको आकाशमा छ । ‘हेलिकोप्टर अहिलेसम्म ल्याण्ड हुन सकेको छैन । यद्यपि, डोरीको सहायताले सेनाको टोलीले ४ जनाको शव निकालिएको छ’, प्रवक्ता ढकालले भने, ‘हाल ती शवलाई ताप्लेजुङको सुकेटार विमानस्थलमा राखिएको छ ।’

थप ३ जनाको शवलाई मौसममा आएका खराबीका कारण निकाल्न सकिएको छैन । ढकालका अनुसार रात परिसकेकाले पनि उद्दारमा कठिनाइ भएको छ । हाल एयर डाइनेष्टी र सिम्रिक एयरको एक/एक वटा हेलिकोप्टर पनि त्यहीँ छ ।

विमानस्थलसम्म ल्याइएको ४ वटा शवलाई काठमाडौं ल्याउने प्रयास गरिए पनि मौसमका कारण त्यो सम्भव नभएको ढकालको भनाइ छ । ‘अब ७ जनाकै शवलाई संकलन गरेर बिहीबार बिहान मात्रै काठमाडौं ल्याउनछौं’, ढकालले भने ।

बुधबार दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?