+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राजनारायण पाठक घुस प्रकरण : भरिया बनेका राजपा नेताको बयान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते २०:०४

१७ फागुन, काठमाडौं । ७८ लाख घुस प्रकरणमा भरिया बनेका राजपा नेता ज्ञानेन्द्र झासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । शुक्रबार दिउँसो आयोगको टंगालस्थित कार्यालयमा उनको लिखित बयान लिइएको हो ।

यसअघि भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको विवाद सल्ट्याइदिने सर्तमा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि आयोगका आयुक्त पाठकले राजीनामा दिएका थिए । र, अध्यक्ष लम्बोदर न्यौपाने समूहबाट लिएको ७८ लाख रुपैयाँ दुई पटक गरेर नेता झाले पाठकलाई बुझाएका थिए ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए, ‘हो, मैले पाठकलाई ७८ लाख बुझाएको हुँ । तर, राजनायायणले मलाई प्रयोग गरेका हुन्, म पीडित हुँ ।

आयोगका अधिकारीहरुका अनुसार झाको बयान आइतबार पुनः लिइनेछ । बयान लिने कामको नेतृत्व आयुक्त गणेशराज जोशीको नेतृत्वमा गठित छानबिन समितिले गरिरहेको बताइएको छ ।

यो पनि, एक हजारसम्म छाड्दैनथे राजनारायण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?