Comments Add Comment

राहत शिक्षकको आन्दोलनमा अश्रुग्यास

२० फागुन, काठमाडौं । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भयो । निषेधित क्षेत्र  तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो ।

पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।

सोमबार पनि शिक्षकहरु निषेधित क्षेत्र तोड्ने तयारीका साथ आएका थिए भने प्रहरीले पानीको ट्यांकर र अश्रुग्यासको सेलसहित आएको थियो ।

जब शिक्षकले निषेधित क्षेत्रमा प्रहरीले राखेको बार हटाउन थाले, प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हान्न सुरु गर्‍यो । अश्रुग्यासका कारण वरपरका सडकमा हिँड्ने सर्वसाधारण र बटुवाहरुसमेत प्रभावित भएका थिए ।

अश्रुग्यास, फोहोरा र प्रहरीको लाठी लागेर केही शिक्षकहरु घाइते पनि भएका छन् ।

हेर्नुहोस् भिडियो र तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment