+
+

कौशलटार आगलागी प्रकरण: ‘उद्योग वरिपरि खाली स्थान भएकाले कम क्षति’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २० गते २१:२०
Photo Credit : विकाश श्रेष्ठ/अनलाइनखबर

२० फागुन, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, कौशलटारमा गएराति भएको आगलागीमा परेको उद्योग वरिपरि खाली स्थान भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा गएराति सवा ११ बजेतिर लागेको आगो सोमबार बिहान मात्रै नियन्त्रणमा आएको थियो । यद्यपि, घर वरिपरि खाली स्थान भएका कारण अन्य घरहरुमा आगो फैलिन पाएन । जसले गर्दा ठूलो क्षति टर्यो।

भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिमालय श्रेष्ठ भन्छन्, ‘करिब ३/४ रोपनीमा फैलिएको उद्योगको उत्तर, पश्चिम र पूर्वतिर खाली ठाउँ हुँदा धेरै क्षति हुन पाएन ।’

आगलागी भएको जानकारी पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट एसपी श्रेष्ठको कमाण्डमा नेपाल प्रहरीको टोली, नेपाली सेनाको बिरदल गण सूर्यविनायकको टोली, सशस्त्र प्रहरी दुवाकोटको टोली र स्थानीयबासी आगो निभाउन खटिएका थिए । साथै काठमाडौं, ललितपुर, भक्तपुर, नेपाली सेना, नेपाल प्रहरी समेतका ७ वटा दमकल र स्थानीय खानेपानीका ट्यांकर समेत आगो निभाउन प्रयोग गरिएको थियो ।

हाल प्रारम्भिक अनुसन्धानका क्रममा सञ्चालक श्रेष्ठले करिब ५ करोड भएको दाबी गरेका छन् । यद्यपि, प्रहरीले सामग्रीको बिलहरु छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?