
२१ फागुन, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीलाई स्वेच्छाले पछि हट्नु सुझाव दिएका छन् ।
अन्सारीको अहिले सुनुवाई भइरहेको छ । बैठकमा नेकसा सांसद भट्टराईले अन्सारीलाई नागरिकतामा फरक फरक जन्ममिति र प्रमुख जिल्ला अधिकारीको नाम उल्लेख नहुनुको कारण सोधे ।
साथै काठमाडौंमा जन्मिएर पनि सबै शैक्षिक योग्यताको प्रमाणपत्र भारतीय हुनुको कारण पनि सोधे । अन्सारीले सबै शैक्षिक प्रमाणपत्र भारतको पेश गरेका छन् ।
उनले सुनुवाई समितिबाट अनुमोदन भएपनि कानुनी झमेला आउने भन्दै स्वेच्छाले पछि हट्न सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4