+
+
Shares

नख्खु विष्फोटमा संलग्न भएको आशंकामा थप एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २३ गते २०:१२
Photo Credit : फाइल फोटो

२३ फागुन, काठमाडौं । प्रहरीले नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आशंकामा विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य केदार खतिवडा छन् । उनलाई बुधबार साँझ काठमाडौंको नयाँ बजार क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले पुष्टि गरे ।

उनका अनुसार एक जनाको ज्यान जाने गरी ११ फागुनमा भएको बम विष्फोटमा संलग्नता देखिएपछि खतिवडालाई पक्राउ गरिएको हो ।

स्रोतका अनुसार खतिवडा चन्दा असुलीमा पनि संलग्न थिए । जसको फेहरिस्त प्रहरीले केलाइरहेको छ ।

यसअघि प्रहरीले नख्खु घटनाको ३ दिनपछि प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक सूर्य भुजेललाई पक्राउ गरेको थियो । उनी नै नख्खु विष्फोट प्रकरणको योजनाकार भएको प्रहरी दाबी थियो ।

उता, बिहीबार बिहान विप्लवको घर भएको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले चलाएको अपरेशनका क्रममा एक जना हतियारसहित पक्राउ परेका छन् । प्रहरीले खुट्टामा गोली हानेर दुर्गाबहादुर रोकालाई नियन्त्रणमा लिएको हो ।

रोकाको घरबाट दुई वटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउण्ड गोली बरामद भएको छ । केही तार, रिमोट, डायरी र महत्वपूर्ण दस्तावेज पनि बरामद भएको प्रहरीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?