
२५ फागुन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी नेपाली गीतमा नेपाली पहिरन लगाएर नाचेकी छन् ।
१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नाचेकी हुन् ।
Chinese Ambassador to Nepal Hou Yanqi performs in a Nepali song to mark #WomensDay pic.twitter.com/Oppe6YdJ5r
— Shristi Kafle (@KafleShristi) March 8, 2019
‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ बोलको गीतमा उनी साढे तीन मिनेटसम्म नाचिन् । उनले रातो लेहेंगा लगाएकी थिइन् । ग्रुप डान्समा उनलाई अन्य कलाकारहरुले साथ दिएका थिए ।
कार्यक्रममा राजदूत यान्छीसहित चिनियाँ विद्यार्थी पनि नेपाली गीतमा नाचेका थिए । उनीहरुले चिनियाँ भेषभुषासहित पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।
कार्यक्रममा महिला बालबालिका मन्त्री थममाया थापामगर प्रमुख अतिथि थिइन् भने प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य, कांग्रेस नेतृ आरजू राणालगायतका बिभिन्न दलका नेतृहरु सहभागी थिए ।
नाच सकिएपछि राजदूत यान्छीसँग नेपालका नेतृहरुले सामुहिक फोटो खिचाएका थिए । कतिपयले राजदूतसँग सेल्फी पनि खिचे ।


प्रतिक्रिया 4