Comments Add Comment

‘कुल्ली नम्बर १’ को रिमेकमा बरुण र सारा

बलिउड नायक गोविन्दा स्टारर सुपरहिट बलिउड चलचित्र ‘कुल्ली नम्बर १’को रिमेकमा बरुण धवन र साराअली खानको जोडी बाधिँने पक्का भएको छ । निर्माण युनिट र सारा बीच चलचित्रको लागि औपचारिक सम्झौता पनि भइसकेको छ ।

‘कुल्ली नम्बर १’ निर्देशक डेबिड धवनले नै निर्देशन गर्ने रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । गोविन्द स्टारर ‘कुल्ली नम्बर १’ गीत, डाइलग र मसलेदार चलचित्र भएका कारण सबैले रुचाएका थिए । त्यो चलचित्र भन्दा राम्रो गर्नुपर्ने चुनौती नयाँ कलाकार र निर्देशकलाई पनि उत्तिकै छ ।

यो चलचित्रका लागि नायिका आलिया भट्टलाई अफर गरिएको थियो । तर, आन्तरिक कुराहरु नमिल्दा आलियाले यो चलचित्रमा काम गर्न पाइनन् । आलियासँग कुरा नमिलेपछि निर्माण युनिटले सारालाई अफर गरेको थियो ।

बरुण र साराको जोडी बाधिँने पक्का भएसँगै बलिउडमा यो जोडीको चर्चा सुरु भएको छ । नयाँ पुस्तामा आफ्नो छुट्टै छाप बनाइसकेका बरुण र ‘सिम्बा’बाट निकै चर्चामा आएकी सारालाई एक साथ पर्दामा देख्न पाउने कुराले दर्शकमाझ पनि खुसी थपेको छ ।

अहिले बरुण चलचित्र ‘कंलक’को प्रचार र ‘स्ट्रिड डान्सर ३’को छायांकनमा व्यस्त छन् भने सारा ‘लभ आजकल २’को छायांकनमा व्यस्त छन् । बलिउड मिडियाका अनुसार ‘कुल्ली नम्बर १’को छायांकन बरुण र साराले हाल काम गरिरहेको चलचित्रको छायांकन सकाएपछि सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment