Comments Add Comment

विप्लवले मेरो नक्कल गर्न खोजे, यो पार लाग्ने बाटो होइन : प्रचण्ड

Photo Credit : सुदर्शन रञ्जित/अनलाइनखबर

२७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् । तर, २५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने उनको विश्लेषण छ ।

सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले विव्लवलाई राम्रोसँग चिनेको बताए । आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।’

‘प्रचण्डले गरेको नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment