Comments Add Comment

भारतीले आफ्नो मोटो एवं भद्दा शरीरलाई यसरी बनाइन् ताकत

शारीरिक बनौटको आधारमा आकर्षक हुनु वा नहुनु हाम्रो हातको कुरा होइन । जन्मजात नै हाम्रो शारीरिक संरचना तय हुन्छ । कोही अग्ला हुन्छौं, कोही होचो । कोही मोटा हुन्छौं, कोही लुरे ।

आकर्षक वा झट्ट हेर्दा राम्रा/राम्री देखिने व्यक्ति र शारीरिक रुपमा केही कमजोरी भएका व्यक्तिवीच हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पनि केही फरक छ । त्यसैले कोही शारीरिक रुपमा भद्दा छन्, बामपुड्के छन्, लुरे छन्, ख्याउटे छन् भने उनीहरुले समाजमा अपहेलित हुनुपर्छ । उसैगरी गरिब, निमुखा, असाहयले पनि समाजबाट हेपाह व्यवहार सामना गर्नुपर्छ ।

यही कारण यस्ता व्यक्तिहरु आफुलाई लुकाएर, खुम्चाएर बसिरहेका हुन्छन् । उनीहरु खुलेर आफ्नो कुरा राख्दैनन् । तर, शारीरिक बनौटकै कारण हिनताबोध गर्नुको कुनै अर्थ छैन । बरु, शारीरिक रुपमा जे जस्तो भएपनि आफुलाई कुनै रुपमा स्थापित गर्ने प्रयास गर्नुपर्छ । भोलि आफ्नो त्यही शारीरिक आवरण नै धेरैका लागि उदाहरण बन्छ । प्रेरणा बन्छ ।

जस्तो कि, भारतिय कमेडियन भारती सिंहको कुरा गरौं । अक्सर टेलिभिजन र विज्ञापनमा देखिने उनी झट्ट हेर्दा भद्दा छिन् । मोटी छिन् । तर, उनको परिचय गर्व गर्न लायक छ । किनभने उनी भारतिय टेलिभिजन इतिहासकै पहिलो महिला स्ट्यान्डअप कमेडियन हुन् । उनै भारतीको जीवन संघर्ष र सफलता हाम्रो लागि प्रेरणा हुनसक्छ ।

सन् २०१६ मा फोब्र्सले टप १०० कमेडियनको सूची जारी गरेको थियो, जसमा भारती  ९८ औं नम्बरमा थिइन् ।

जबकी कुनैबेला यिनै भारती आफ्नो रुपरंग हेरेर दुःखी हुन्थिन् । उनी रातभर रुने गर्थिन् । तर, आज उनी मोटोपनको कारण हीनतावोध गर्नेहरुको लागि एक प्रेरणा-स्रोत बनेकी छिन् ।

आज भारतीले आफ्नो सफलताको श्रेय आफ्नै मोटोपन र आफ्ना आमालाई दिने गरेकी छिन् । उनले आफ्नो शारीरिक बनोटलाई स्विकार गरिन्, अतः त्यही शारीरिक बनौटलाई आफ्नो उर्जाको स्रोत बनाइन् र संघर्ष गरिन् । अन्ततः उनी मोटो शरीरबाटै चिनिइन् ।

गरीबीमा बितेको बालापन

भारती धनाड्य परिवारकी होइनन् । उनी मध्यमबर्गिय परिवारकी हुन् । उनका तीन भाई-बहिनी छन् । भारतीले दुई बर्षको उमेरमै आफ्ना पितालाई गुमाएकी थिइन् । त्यसैले पितासँग जोडिएका कुनै स्मरण छैन, उनीसँग ।

त्यसपछि भारतीकी आमाले अर्को विवाह गरिन् । त्यही मोडमा पुगेपछि भारतीको दुःख सुरु भयो । उनीहरुको जीवन गरिबीमा गुजि्रन थाल्यो । कतिसम्म भने, उनीहरुलाई पर्याप्त खान लाउन पुग्दैनथ्यो । भारतीले भनेकी छिन्, ‘कहिले काहीँ त आधा पेट खाएर सुत्नुपथ्र्यो ।’

गोल्ड मेडलिस्ट भारती

भारत, पन्जाबको अमृतसर शहरमा सन् १९८४ मा जन्मिएकी भारतीले इतिहासमा स्नातकोत्तर गरेकी छिन् । उनी कलेजमा पेस्तोल शुटिङका खेलाडी थिइन् । उनले शूटिङमा केही मेडल पाएकी थिइन् । उनी राइफल शूटर बन्न चाहन्थिन् तर आर्थिक समस्याको कारण उनले आफ्नो इच्छा पुरा गर्न सक्दैनथी । तर, उनले कहिल्यै हार मानिन् ।

कलेजको शुल्क तिर्ने पैसा हुँदैनथ्यो

उनी कलेज जीवनमा राष्ट्रिय र राज्यस्तरका प्रतिस्पर्धामा पन्जाबको प्रतिनिधित्व गरेकी थिइन् । तर, पछि उनले कलेज छाड्नुपर्‍यो । किनभने उनीसँग कलेजमा तिर्ने शुल्क थिएन । त्यसो त उनले पन्जाबका लागि केही मेडल पनि जितेकी थिइन्, त्यही कारण पछि उनलाई निशुल्क पढाउने व्यवस्था गरियो । उनले पन्जाब टेक्निकल युनिभर्सिटीबाट इतिहासमा स्नतकोत्तर गरिन् ।

स्कुलमा ‘हात्तीको बच्चा’ भनेर हेप्ने

भारती मोटी थिइन् । उनको शरीर भद्दा थियो । त्यही कारण उनलाई साथीभाईले ‘हात्तीको बच्चा’ भन्दै हेप्ने गर्थे ।

भारती जन्मदै उनको तौल लगभग पाँच केजी थियो । पछि त्यही अनुरुप उनको मोटोपन बढ्दै गयो । विद्यालय जान थालेपछि साथीहरुले हात्तीको बच्चा, मोटी भन्न थाले । त्यसबेला भारती रातभर रुने गर्थिन् ।

आफन्तले नै हेला गर्ने  

भारतीलाई आजको दिनसम्म आइपुग्न सहज थिएन । उनले पटक पटक अपहेलित हुनुपरेको थियो । उनीसँग पैसा थिएन, रुप थिएन । दुबै कुरा नहुँदा उनको सामुन्ने संघर्षको पहाड थियो । त्यही पहाड छिचोल्न कम्ता कठिन थिएन ।

उनी कलाकार बन्न चाहन्थे । त्यसैका लागि उनी अमृतसारबाट मुम्बई पुगिन् । तर, उनी जस्ती मोटी पनि कलाकार बन्छ भन्ने कुरामा धेरैले शंका गर्थे । आफन्तले त उनलाई कहिल्यै पत्याएनन् ।

‘द ग्रेड इन्डिया लाफ्टर च्यालेन्ज’बाट यात्रा

‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ सिजन-४ बाट भारतीले आफ्नो करियर सुरु गरेकी थिइन् । त्यहाँ उनी ‘लल्ली’ नामले चर्चित थिइन् । भारती पहिलो महिला कमेडियन थिइन, जो लाफ्टर च्यालेन्जमा रनरअप बनिन् । त्यसपछि भने भारतीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यसपछि उनले थुप्रै कमेडी शोमा काम पाउन थालिन् ।

लाखौंको कमाई

हिजो त्यती दयानिय अवस्थाबाट गुज्रिएकी भारती आज शानदार जीवन विताइरहेकी छिन् । उनको कमाई लाखौ छ । खबरमा जनाइए अनुसार उनी एक शोबाट करिब २५ देखि ३० लाख भारु लिने गर्छिन् । साथै लाइभ इभेन्टका लागि उनी भारु १५ लाख रुपैयाँसम्म लिने गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment