
Photo Credit : हत्या गरिएका अनिश
२८ फागुन, काठमाडौं । अनिश पुरी हत्यामा संलग्नलाई अबिलम्ब कारबाही गर्न कांग्रेसले माग गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी तरुण दलका देवदहका सक्रिय सदस्य पुरीको सांघातिक आक्रमण गरी हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा तरुण दलका कार्यकर्ता माथि भएका श्रृङखलाबद्ध आक्रमण नरोकिए तरुण दल कार्यकर्ताको रक्षाका लागि कठोर कदम चालेमा सरकारले लिनुपर्ने चेतावनी दिइएको छ ।
गत आइतबार राति ८ बजेतिर देवदह नगरपालिका- ५ का २३ वर्षीय पुरीलाई देवदह भलुहीमा युवाहरुको एक समूहले ढुंगा र लाठी प्रहार गरी हत्या गरेको थियो ।
घटनाका संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4