+
+

विराटनगरमा आधुनिक तरकारी बजार

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १७:५६

३ चैत, विराटनगर । विराटनगरमा निर्माण भएको आधुनिक तयारी बजार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

विराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिका १ मा १६ करोड ७६ लाख लागतमा निर्माण भएको एकीकृत तरकारी तथा फलफूल थोक बजार प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेका हुन् ।

बजार निर्माण सात महिना अघि नै पूरा भएको थियो । तर हस्तातरणका लागि प्रधानमन्त्रीको समय अनुकल नमिलेपछि आइतबार मात्र हस्तान्त्रण भएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको तत्कालिन व्यवसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा बजार निर्माण गरेको हो ।

बजारभित्र बिषादी प्रयोगशाला

प्रधानमन्त्रीले हस्तान्तरण गरेको बजार प्रदेश सरकारले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने छ । तरकारी बजार सञ्चालनमा आएपछि विराटनगर महानगर र कटहरी गाउँपालिकालगायतका उपभोक्ताले विशाक्त तरकारी तथा फलफूल खानुपर्ने छैन ।

तरकारी बजारमा बिषादी अवशेष परीक्षण प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले गत आर्थिक बर्षमा नै उपकरण खरिदको प्रक्रिया अघि बढेको छ ।

बजार सञ्चालनका लागि प्रदेश सरकारले बनाउने कार्यविधि पछि निर्माण हुने समितिले तरकारीको दैनिक थोक र खुद्रा निर्धारण गर्नेछ । बजारमा कृषकले आप्mनो उत्पादन आफैं बिक्री गर्न पाउनेछन् । कृषकका लागि छुट्टै १ सय ३८ वर्ग मिटरको बिक्री केन्द्र निर्माण गरिएको छ ।

१७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको बजारमा थोक बिक्रेताकालागि गोदामसहितको १४ सय ८८ वर्ग मिटरमा १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ वर्ग मिटरको सेड, कृषकको लागि आफ्नो उत्पादन आफै बिक्री गर्न १ सय ३८ वर्ग मिटरको सेड निर्माण भएको छ ।

बजारभित्र तीन तल्ले प्राशनिक भवन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक शाखा रहने भौतिक संरचना निर्माण गरिएको छ ।

बजारमा बर्षेनी ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलपूmल बिक्री कृषि तथा पशुपन्छी विकास मन्त्रायलका सचिव डा. युवकध्वज जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?