+
+

पीडक पक्षको हस्तक्षेप रोक्न माग गर्दै राष्ट्रसंघ भवनमा डा. केसी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते १७:४०

५ चैत, काठमाडौं । डा. गोविन्द केसीले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडक पक्षको हस्तक्षेपबाट मुक्त गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याललगायत चार जनाले राष्ट्र संघ भवन, पुल्चोकमार्फत ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सत्य निरुपण र वेपत्ता आयोगलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम अधिकार सम्पन्न, स्वतन्त्र र प्रभावकारी बनाउने गरी पुनःसंरचना गर्नुपर्ने उल्लेख छ । ‘संक्रमणकालीन न्याय संयन्त्र माथि भै रहेको पीडक पक्षको हस्तक्षेप बन्द गरिनु पर्दछ’ उनीहरुले भनेका छन् ।

जघन्य वा गम्भीर अपराधका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्ति, राष्ट्रिय मानव अधिकार आयोग वा मानव अधिकारसम्बन्धी अन्य निकायले कारवाहीका लागि सिफारिस गरेका व्यक्ति, फौजदारी अनुसन्धानको दायरामा रहेका व्यक्ति तथा अपराधमा संलग्न भनी पीडितले प्रमाणसहित आरोप लगाइएका व्यक्तिलाई तत्काल भेटिङ्गको दायरामा ल्याउनुपर्ने पनि उनीहरुको माग छ ।

ज्ञापनपत्रमा प्रा.डा. गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी र शिवहरि तिमिल्सिनाको हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?