+
+

रेस्लिङ महाभिडन्तमा भगवती च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १८:५६

६ चैत, काठमाडौं । रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) पहिलो भएकी छन् । यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए ।

होलीको उपलक्ष्यमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुतिमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बनिन् । आकृति र सविनाले पनि यो स्पर्धामा भाग लिएका थिए ।

महिला वान भर्सेज वानमा जमुनाले गीतालाई पराजित गरिन् । महिलाकै अर्को वान भर्सेज वानमा लक्ष्मी घर्ती मगरले लीलालाई हराइन् ।

त्यस्तै भारतीय र नेपाली रेस्लरबीचको पुरुष वान भर्सेज वानमा भारतका प्रिन्स वंशीले नेपालका बाबु साहेबलाई पाखा लगाए । सम्पूर्ण खेलको निर्णायकमा गुणराज रुचाल रहेको आयोजक फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?