+

च्यासललाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

२०७५ चैत  ९ गते २१:०३ २०७५ चैत ९ गते २१:०३
च्यासललाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

हेटौंडा । च्यासल फुटबल क्लबलाई सडनडेथमा पाखा लगाउँदै नेपाल पुलिस दोश्रो शहिद स्मृती फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारीत समय र टाइब्रेकरमा दुबै टिमले बराबरी खेलेपछि निर्णय सडनडेथबाट लिइएको हो, जसमा विभागीय टोली पुलिसले ६-५ को जित निकाल्यो । सडनडेथमा पुलिस लगातार गोल गर्दा च्यासलका लागि नरेन्द्र चौधरीले गोल गरे भने सञ्जोग राईको प्रहार पुलिसका गोलरक्षक दिनेश गुरुङले रोकेका थिए ।

पुलिसका कप्तान दिनेश गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद दश हजार पाए ।

आइतबार विदेशी टोली डफिन्स र बिभागीय टोली सशस्त्र प्रहरीको एपीफ क्लब भिड्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय