+
+

बावुले खर्च नदिँदा युवाले झोसे आफ्नै घरमा आगो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते ८:४५

१० चैत, काठमाडौं । आफ्नै श्री–सम्पत्तिलगायत भौतिक वस्तुको सबैले रक्षा गर्छन् । आगजनी र नष्ट गर्ने कुरा तपाईं–हामी कल्पना गर्न पनि सक्दैनौं । तर, सप्तरीका एक युवाले मामुली असन्तुष्टिमा आफ्नै घरमा आगो झोसेका छन् ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–७ हैंठीका २२ वर्षीय राजु यादवले आफ्नै घरमा आगो लगाएका हुन् । कारण हो–पकेट खर्च ।

बावु बालेश्वरले पकेट खर्च दिन अस्वीकार गरेपछि क्रुद्ध बनेका उनले आफ्नै घरमा आगो लगाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

इलाका प्रहरी कार्यालय, बोदे बर्साइनका सई प्रदीप सिंहले बावुले खर्च दिन अस्वीकार गरेपछि राजुले मोटरसाइकलबाट पेट्रोल निकालेर आगो लगाएको जानकारी दिए ।

राजुले घरमा आगो लगाए पनि त्यसलाई समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ ।

आफ्नै घरमा आगो लगाउने राजु भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?