
१२ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज धनराज शाही कालिकोटमा पक्राउ परेका छन् ।
उनलाई प्रहरीले कालिकोटको रातागामबाट सोमबार विहान ११ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हरि बस्नेतले जानकारी दिए ।
शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुखसमेत हुन् । उनको साथबाट प्रहरीले जिलेटिन र बम बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
‘कालिकोटमा एक घरमा बसिरहेको ठाउँबाट पक्राउ परेका हुन्, केही मान्छे भाग्न सफल भए’ इन्सपेक्टर बस्नेतले भने । शाही आफ्नो घरदेखि धेरै टाढाको गाउँमा पक्राउ परेका हुन् । शाहीसहितको टोली कुनै योजना साथ त्यहाँ बसेको हुनसक्ने प्रहरीको भनाइ छ ।
प्रहरीले उनलाई मंगलबार अदालतमा पेश गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4