+
+

बेँसिशहर बजारमा आगलागी, ४० लाख बढी क्षति भएको अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते ९:१०
Photo Credit : G.b. Ghimire Pradip/Facebook

१२ चैत, बेँसिशहर । लम्जुङको बेँसिशहर नगरपालिका ८ नारायणथानमा आगलागी हुँदा ४० लाख रुपैयाँ बढी क्षति भएको छ ।

गएराति १२ बजेतिर लागेको आगो दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उत्तर बहादुर परियारले सञ्चालन गरेको सर्टिङ-सुटिङ पसल र सो पसलसँगै रितेश थापाले सञ्चालन गरेको कम्प्युटर मर्मत गर्ने कोठामा क्षति भएको जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी यादव ढकालले जानकारी दिए ।

जस्ताको छानो भएको ब्लकबाट निर्मित दुईवटा सटरमा कपडा र कम्प्युटर मर्मत पसल सञ्चालन गरिएको थियो ।

परियारले सर्टिङ-सुटिङ पसल जल्दा ४० लाख क्षति भएको दाबी गरेका छन् । यसैगरी थापाले कम्प्युटर मर्मत कोठामा भएको आगलागी साढे पाँच लाख क्षति भएको दावी गरेका छन् । प्रहरीले भने क्षतिको एकीन विवरण आइनसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?