
१२ चैत, जनकपुरधाम । सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेश दिन सेवाग्राहीसँग घूस लिदैं गरेको अवस्थामा राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत दुई जना कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले उक्त प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा.राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित बिसहाराबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको अख्तियारको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4