+
+

एक्सन फिल्ममा एकसाथ रणवीर र अजय

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते १३:५६

बलिउड चलचित्र ‘रन्जित’मा एकसाथ काम गरेका रणवीर कपुर र अजय देवगणले पुन एकसाथ काम गर्ने भएका छन् । उनीहरुले लुभ रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा एक साथ काम गर्न लागेका हुन् । नाम तय नभएको उक्त चलचित्रको हाल प्रोडक्सनमा काम भइरहेको छ ।

एक्सन जनरामा निर्माण हुन लागेको यो चलचित्रका लागि दुई मुख्य नायकको छनोट भइसके पनि नायिका भने पक्का गर्न सकिएको छैन । निर्माण युनिट अहिले चलचित्रको नायिका छनोटमा लागिरहेको छ । चलचित्रमा नायिकाले निर्वाह गर्ने भूमिका पनि निकै शशक्त भएको निर्माण युनिटले बताएको छ ।

निर्देशक रन्जनकै लगानी रहने यो चलचित्रको छायांकन डिसेम्बरबाट सुरु गरिनेछ । सन् २०२० को अप्रिलसम्म चलचित्रको पूर्ण काम सक्ने तयारीमा निर्माण युनिट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?