+
+

सलमान भन्छन्–‘दीपिकासँग दुश्मनी छैन’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते ११:५८

बलिउड स्टार सलमान खानले धेरै चर्चित नायिकाहरुसँग काम गरिसकेका छन् । सलमानले पुरानो पुस्तामा माधुरी दिक्षितदेखि नयाँ पुस्तामा आलिया भट्टसम्मका नायिकाहरुसँग काम गरेका छन् । तर, सलमानले बलिउडमा निकै रुचाइएकी नायिका दीपिका पादुकोणसँग काम गरेका छैनन् ।

धेरैले सलमान र दीपिकाबीच दुश्मनी भएकाले एकसाथ काम नगरेको टिप्पणी पनि गर्दै आएका छन् । तर, सलमान खानले एक अन्र्तवार्तामा दीपिका र आफूबीच कुनै दुश्मनी नभएको बताएका छन् । उनले भनेका छन्–‘हामीबीच कुनै दुश्मनी छैन । दुश्मनी भएर एक साथ काम नगरेको भन्ने कुरासरासर गलत हो ।’

सलमानले दीपिकालाई चर्चित नायिका भएको बताउँदै एकसाथ काम गर्ने इच्छा भएको बताएका छन् । उनले भनेका छन्–‘दीपिका निकै रुचाइएकी नायिका हुन् । उनीसँग काम गर्ने इच्छा मेरो पनि छ । आजसम्म कसैले पनि हामीलाई एकसाथ चलचित्रमा अफर गर्नुभएको छैन । यदि अफर आएको खण्डमा एकसाथ काम गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?