+
+

पानीजहाज कार्यालयको रजिष्टारमा कोइराला नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १६:४१

१४ चैत, काठमाडौं । सरकारले ‘पानी जहाज कार्यालय’को रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । चैत ७ र ११ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललितपुरको एकान्तकुनामा स्थापना गरिएको पानीजहाज कार्यालयको रजिष्टारमा कोईरालालाई नियुक्त गरेको जानकारी दिए ।

यसअघि शिक्षा मन्त्रालयमा सहसचिव रहेर काम गरेका कोइराला पछिल्लो एक महिनादेखि पानीजहाज कार्यालयमा कार्यरत थिए । मन्त्रिपरिषदको पछिल्लो बैठकलाई पदीय जिम्मेवारी दिएर कार्यालयमा खटाएको हो ।

पानी जहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ । कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ ।

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक/एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ ।  भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानी जहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ ।

हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ । नेपालले पनि नारायणी नदीमा केन्द्रीत भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?