
१७ चैत, काठमाडौं । ‘लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा’ उपभोक्ता योजना अन्तर्गत अन्तिम चरणको १०१ भाग्यशाली कुपन विजेता मार्फत २०२ जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत अन्तिम चरणको लक्की–ड्र सम्ममा शिवम् सिमेन्ट्सले ४८२ जना भाग्यशाली विजेताहरु छनौट गरिसकेको छ । शिवमले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी पूर्वको इटहरीबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो ।
यस अघिनै काठमाडौं, हेटौंडा, जनकपुरमा र पोखरामा भएको लक्की–ड्र मा ४८२ जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।
यस अघिनै पहिलो, दोस्रो, तेस्रो र चौथो चरणको लक्की–ड्र गरी ४८० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।
यस योजना अन्र्तगत जम्मा ४८२ जना भाग्यशाली विजेताको छनौट गर्नुपर्ने भए तापनि उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण काठमाडौं–गोसाईकुण्ड यात्रा अन्र्तगत २०२ जना थप गरिएको थियो ।
गत पैष ५ देखि फल्गुन अन्त्यसम्म संचालित उक्त देव दर्शन योजनामा विभिन्न चरणको लक्की–ड्र मार्फत छानीएका जम्मा ६८४ जना भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुण्ड–काठमाडौं यात्रा गर्ने अवसर प्राप्त गरेका छन् । उक्त विजेताहरुका नामावली शिवम् सिमेन्टको आधिकारीक फेसबुक फेजमा पनि राखिने छ ।
शिवम् सिमेन्टले यहि पुस ५ गते देखी ‘लक्ष्मी हातमा देव दर्शन शिवमको साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार १०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो ।
सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।
प्रतिक्रिया 4