+
+

न्यानो कपडा वितरण र स्वास्थ्य शिवीर कार्यक्रम गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते २०:३१

१७ चैत, काठमाडौं । जुम्ला सिन्जा गाउँपालिका नराकोटमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन गृह मन्त्री नरेश भण्डारीको प्रमुख अतिथ्यतामा चैत २१ गते बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे छ ।

आमाबुवा नभएका, गरिब जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई न्यानो लुगा बितरण कार्यक्रम पनि गरिने भएकाे छ । बृहत स्वास्थ्य शिविरमा पाठेघरको निःशुल्क शल्यक्रिया, हाडजोर्नी, दम जनरल स्वास्थ्य चेक सहित कुपोषणबाट बच्चालाई बचाउन पोष्टीक आहारा, छात्राहरुलाई प्याडको व्यवस्था समेत गरिनेछ ।

युवा नेता दलबहादुर जीसीको पहलमा स्वास्थ्य कार्यलय जुम्लाका अधिकृत लक्ष्मण चौलागाइँ कार्यसमितिका पधाधिकारी र थाहा फाउन्डेशनकी अध्यक्ष सरु दाहालको विशेष भूमिका रहनेछ ।

डीएभी विद्यालयले मालिका उच्च मावि सिन्जा १ जाँच र भैरव उच्च मावि नराकोटलाई २/२ जना छात्रा परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ती दिने समेत घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?