Comments Add Comment

ओप्पो ‘एफ११’ र ‘एफ११ प्रो’ नेपालमा लञ्च गर्ने तयारी

२१ चैत, काठमाडाैं । ओप्पोले एफ सिरिज स्मार्टफोन अन्तर्गतको ओप्पो ‘एफ११’ र ‘एफ११ प्रो’ नेपालमा लञ्च (सार्वजनिक) गर्ने तयारी गरेको छ ।

फोनमा रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार फोनमा ४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज, कम प्रकाश भएका स्थानमा तस्वीरका लागि अल्ट्रा–क्लियर नाइट मोड र एफ सिरिजको अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् ।

दुवै फोनमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८ एमपी प्लस ५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्त प्रकाशका लागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १,२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएको कम्पनीले जनाएको छ ।

दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ ।

यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ , विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओप्पोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment