+
+

आँधीबाट मृत्यु भएका प्रतिपरिवारलाई राप्रपा संयुक्तको १२ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १६:४१

२२ चैत, काठमाडौं । बारा-पर्सामा आएको आँधीमा ज्यान गुमाएका परिवारलाई राप्रपा संयुक्तले १२ हजारका दरले राहत उपलबध गराएको छ ।

शुक्रबार अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको तर्फबाट प्रतिपरिवार १२ हजार नगदसहित लत्ताकपडा वितरण गरेका हुन् ।

साथै दुबै अध्यक्षले वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत घाइतेहरुलाई फलफूल बितरण गरेको राप्रपा संयुक्तले जानकारी दिएको छ ।

आँधीबाट बारामा २७ र पर्सामा १ जना गरी २८ जनाको मृत्यु भएको थियो भने सयाैं घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?