Comments Add Comment

बुढानिलकण्ठमा ढिस्कोले पुरिएर मजदुरको मृत्यु

२४ चैत, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा ढिस्कोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ । एकता वस्तीमा करिडोर निर्माण गर्ने क्रममा ढिस्कोले पुरिएर ४५ वर्षीय  सिन्धुपाल्चोकको मेलम्चीका कृष्णबहादुर बस्नेतको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।

हाल महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा पीडित र ठेकदार पक्षबीच छलफल भइरहेको छ । प्रहरीका अनुसार श्रम ऐनमा भएको व्यवस्था अनुरुप श्रम गर्दैगर्दा मृत्यु भएका व्यक्तिलाई ७ लाख रुपैयाँ दिनु पर्ने प्रावधान छ ।

बस्नेतको श्रीमती पनि उनसँगै मजदुरी गर्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment