+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

आँधी प्रभावित महिला र बालबालिकालाई सामाजिक सञ्जालबाटै जुट्यो सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते १८:३३

२५ चैत, वीरगञ्ज । सामाजिक सञ्जालमा चैत १७ गते आइतबार राति आएको आँधीबाट प्रभावित महिला तथा बालबालिका लक्षित विशेष अभियान सञ्चालन गरिएको छ । ‘वुमन फर वुमन’ नाम दिइएको अभियानमार्फत आँधीबाट प्रभावित बारा पर्साका ५ सय ७० परिवारलाई ‘डिग्निटी किट’ समेत प्रदान गरिएको छ ।

प्रभावित परिवारका महिला तथा बालबालिका सदस्य लक्षित गरी बाराको भलुही भरवलिया, पुरैनिया, तथा पर्साको सुखचैनाका प्रभावित परिवारलाई पहिलो चरणमा ५ सय ७० परिवारलाई सहयोग प्रदान गरिएको थियो ।

बाराबो भलुही भरवलियामा ३५० जना, पुरैनियामा १७८ जना, वीरगञ्जको सुखचैनामा ३७ र नारायणी अस्पतालमा ५ जनालाई डिग्निटी किट हस्तान्तरण गरिएको अभियन्ता उर्मिला सापकोटाले जानकारी दिइन् ।

बारामा १ हजार ८९५ र पर्सामा ५०९ घरपरिवार प्रभावित छन् । खाद्यान्न तथा विभिन्न समागि्रहरु अन्य क्षेत्रबाट सहयोग आई रहेको भएपनि बालबालिका र महिला लक्षित सामाग्रीमा कमैको ध्यान पुगेको छ ।

महिला र बालबालिकाहरुका लागि अत्यावश्यक शारीरिक सरसफाइका सामग्रीहरुको अभाव देखेर अभियान सञ्चालन गरिएको अभियानमा सहभागी महिलाहरुले बताएका छन् ।

आँधी प्रभावित परिवारमा कम्तीमा ३ जना महिला हुने अनुमानसहित किटमा स्याम्पु ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३ थान, अण्डर गार्मेन्ट ६ पिस, टावेल २ वटा, झुल २ वटा, तेल १ बोतल, टुथ ब्रस ५ वटा, टुथ पेष्ट २ वटा, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ थान, नेल कटर र काईयो एक/एक वटा राखिएको छ । एउटा किट बराबर २१ सय रुपैयाँ पर्छ ।

अभियानमा सहभागी सञ्चारकर्मी लक्ष्मी खरेलले महिलाको शारीरिक स्वास्थ्यबारे ध्यान दिएर किट तयार गरिएको बताइन् ।

उनले किट हस्तान्तरण गर्नुको साथै उनीहरुलाई सेनेटरी प्याड र अन्य सरसफाईका सामाग्रीको प्रयोग र व्यवस्थापनका बारेमा बताईएको उनको भनाई छ ।

फेटा पुरैनियाकी-२६ वर्षीया अप्सना खातुनले सेनेटरी प्याडको प्रयोगका बारेमा जानकारी नै नरहेको अवस्थामा जान्न पाउँदा खुशी लागेको बताइन् । ‘केही मानिसहरुले आएर मलाई पनि त्यो समान -सेनेटरी प्याड) दिएका थिए, तर कसैले प्रयोग गर्ने तरिकाको बारेमा सिकाएका थिएनन्,’ उनले भनिन्, ‘अब जानिसकेको छु, प्रयोग गर्छु ।’

यसरी जुट्यो सहयोग

वीरगञ्जमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाले सामाजिक सञ्जाल मार्फत अभियान चलाएर ‘वुमेन फर वुमेन’ अभियानका लागि सहयोग जुटाएका हुन् ।

सामाजिक सञ्जालमा अभियानका बारेमा जानकारी राखेपछि मिस नेपाल श्रृंखला खतिवडालगायतले अभियानमा सहयोग गरेका छन् ।

अमेरिका, बेल्जियम लगायत देशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले सहयोग गरिरहेको अभियानका संयोजनकर्ता एवं युवा नेता अरबिन्द सिंहले जानकारी दिए ।

अभियानमा काभ्रे सेवा समाज बेल्जियम, नेपालगञ्ज ग्यालरी एक लाख पाँच हजार, रिलिफ सोसाइटी अफ कमर्शले एक लाख १७ हजार ६ सय, अमेरिकाको फ्लोरिडा राज्यमा बस्ने नेपालीहरुले एक लाख २० हजार पाँच सय रुपैयाँ, अमेरिकामा बस्ने निलिमा सिंहले ५३ हजार २५७ रुपैयाँ लगायत सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?