
Photo Credit : युरोपा लिग
२९ चैत, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा जित हात पारेको छ ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नेपोलीलाई २-० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सेले गोल गरे । त्यस्तै, एक गोल भने उपहार स्वरुप आर्सनलले पाएको थियो ।
खेलको १४औं मिनेटमा नै आर्सनलका राम्सेले गोल गर्दै अग्रता दिलाएका थिए । २५औं मिनेटमा नेपोलीले आत्मघाती गोल गर्न पुग्यो । नेपोलीका कलिडाउ काउबलीले आत्मघाती गोल गर्न पुगेपछि आर्सनलले २-० गोलको अग्रता बनाएको थियो ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । तुलनात्मक रुपमा दोस्रो हाफमा राम्रो खेल खेलेको नेपोलीले गोल गर्न भने सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4